

भलवाडका १४ जना महिला स्वास्थ्य स्वयंसेविकाले पाए निःशुल्क साईकल



भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा स्वास्थ्य स्वयमसेविकाहरुले निःशुल्क साईकल पाएका छन् । वडा नम्बर ९ को वडा कार्यालयको सहयोगमा स्वास्थ्य चौकी भलवाड अन्र्तगत कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साइकल प्रदान गरिएको हो ।
उनीहरुलाई वडा अध्यक्ष धुव्र बेल्वासेले साईकल हस्तान्त्रण गर्नुभयो । भलवाड स्वास्थ्य चौकी अन्र्तगत रहेका १४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई शुक्रबार वडा अध्यक्ष बेलवासेले साइकल प्रदान गर्नुभएको हो ।
वडा कार्यालय परिसर स्थित वितरण कार्यक्रममा वडा अध्यक्ष बेल्वासे सँगै स्वास्थ्य चौकी प्रमूख जितविकास रायमाझी, वडा सचिव सन्तोष कुमार बैठा, बाणगंगा नगरपालिकाका प्राविधक कृष्णप्रसाद पोख्रेल लगाएतको उपस्थिति थियो ।
विशेष गरी स्वास्थ्य स्वयम्सेविकाहरुले गाउँगाउँमा स्वास्थ्य सेवा प्रदान गर्नेक्रममा विरामी समक्ष सहज पहुँच स्थापनाका लागि साईकल वितरण गरिएको वडा अध्यक्ष धुव्र बेल्वासेले बताउनुभयो । वडाको चालु आर्थिक वर्ष २०७७/०७८ को लक्षित वर्गको कार्यक्रम अन्र्तगत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई कुल ८५ हजार लागत अन्र्तगत साईकल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य सम्बन्धि सूचना तथा सेवाहरुलाई गाउँगाउँ र टोलटोलमा सहज रुपमा प्रवाह गर्न स्वास्थ्य स्वयमसेविकाहरुको भुमिका महत्वपूर्ण हुने भएकाले वडाको तर्फबाट उहाँहरुको पेशागत पृष्ठपोषणका लागि पनि यो कार्यक्रम गरिएको वडा अध्यक्ष बेल्वासेले बताउनुभयो ।



खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया