

फ्रान्सेली राष्ट्रपति म्याक्रोंको गालामा थप्पड



एजेन्सी
फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंको गालामा थप्पड हानिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार दक्षिणी फ्रान्सको एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एक जना पुरूषले थप्पड हानेका हुन्।
सामाजिक सञ्जालमा आएको भिडिओमा म्याक्रोंले आममानिसहरूसँग हात मिलाइरहेका बेला एक जनाले थप्पड हानेका हुन्।
सेतो सर्ट, टाई र मास्क लगाएका म्याक्रोंले एउटा बारको अर्कोपट्टी उनलाई कुरिरहेका मानिससँग हात मिलाइरहेका थिए। त्यही क्रममा हरियो टि-सर्ट, चश्मा र मास्क लगाएका पुरूषले उनको पाखुरा समात्दै गालामा थप्पड हाने। तत्कालै सुरक्षाकर्मीले म्याक्रोंलाई त्यहाँबाट निकालेका थिए। थप्पड हान्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
ती पुरूषले म्याक्रोंलाई थप्पड हान्नुको कारण खुलेको छैन।
घटनाको केहीबेरपछि राष्ट्रपति म्याक्रोंले आममानिसलाई भेट्ने कुरालाई निरन्तरता दिएका थिए। आफूलाई यस्ता कुराले केही फरक नपर्ने म्याक्रोंको भनाइ थियो।
उनले कोही व्यक्तिले यस्तो हिंसात्मक कुरा गर्न सक्ने भन्दै त्यस्ता व्यक्तिलाई सार्वजनिक बहसमा कुनै स्थान दिनु नहुने बताए।
म्याक्रोंमाथि थप्पड हानिएको घटनाको फ्रान्सका राजनीतिज्ञहरूले निन्दा गरेका छन्।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया