

बौद्धमा बोराभित्र शव : दुबो टिप्न गएकाले प्रहरीलाई गरे खबर, शरीरका केही भाग मात्रै भेटियो


काठमाडौं
राजधानीको बौद्धमा बोराभित्र भेटिएको शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो ।
महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले शवको प्रकृति हेर्दा दुई साताअघि नै हत्या भएको जस्तो देखिएको बताए ।
परालले बेरेर शव बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको उनको भनाइ छ । तर, बोरामा शव पुरा भेटिएन । जलाइएको जस्तो देखिने शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको उनले बताए ।
उनले शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए । मंगलबार बिहान घटनाको जानकारी पाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह र महाशाखाका कुवेर कडायतसहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए ।
घटनास्थल बौद्धको नयाँबस्तीस्थित दिब्य पार्टी प्यालेसबाट ५०० मिटरभित्र चौरमा रहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा मंगलबार बिहान दुबो टिप्न गएकी एक महिलाले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर भएको थियो ।
घटनास्थलमा पुगेसँगै हेर्दा प्रहरीले शवका अवशेष फेला पारेका थियो । प्रहरीले पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिन्छ ।
शवको पहिचान नै नभएकाले प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन भने अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया