

यस वर्ष औसत मितिभन्दा छिटै मनसुन भित्रिन सक्ने


काठमाडौं
मौसमविदहरुले यस वर्ष औसत मितिभन्दा अगाडि नै नेपालमा मनसुन भित्रिने पूर्वानुमान गरेका छन् । नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ तारिख हो ।
वरिष्ठ मौसमविद् शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘जुन १३ सम्म पुग्दैन । त्यस अगाडि नै यस वर्षको मनसुन सुरु हुने सम्भावना छ ।’
यस वर्षको मनसुनमा नेपालका धेरैजसो स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदहरुले गरेका छन् । नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।
पछिल्लो अवस्थाको मौसमी गतिविधिको विश्लेषण गर्न केही दिनयता दैनिकजसो जल तथा मौसम विज्ञान विभागका मौसमविदहरु छलफलमा जुट्दै आएका छन् । मनसुन आगमनको अवस्थाबारे सोमबार पनि छलफल गरेका उनीहरुले मंगलबार पनि छलफल गर्दैछन् । अहिलेसम्मको छलफलले नेपालमा मनसुनका लागि अनुकूल गतिविधि बढ्दै गएको र जुन १३ अघि नै भित्रिने निष्कर्ष निकालेको हो ।
सन् १९९१ देखि सन् २०२० सम्मको अवधिको आधारमा नेपालमा मनसुन सुरु हुने नयाँ औसत मिति जुन १३ र मनसुन बाहिरिने औसत मिति अक्टुबर २ निर्धारण गरिएको छ । यसअघि जुन १० मा मनसुन सुरु हुने र सेप्टेम्बर २३ मा बाहिरिने भन्ने गरिन्थ्यो ।
पूर्वी नेपालबाट मनसुन भित्रिने र पश्चिम नेपालबाट बाहिरिने गर्दछ । केही दिनयता पूर्वी क्षेत्रतिर मनसुन अनुकुलको वातावरण बन्दै गएकाले पानी पर्ने क्रम जारी छ । सोमबार र मंगलबार पनि पूर्वी नेपालका केही भागमा हल्का पानी परेको थियो । केही दिनयता बादल लाग्ने र हल्का पानी पर्ने गरिरहनुलाई मनसुन सुरु हुने पूर्वसंकेतको रुपमा लिइएको मौसमविद कँडेलले बताइन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहीबार पनि केही प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले मंगलबार जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । तर बुधबार र बिहीबार भने केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
बिहीबारसम्म पुग्दा देशभर पूर्ण बदली भई ५ वटै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षाको सम्भावना समेत रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
आगामी २४ घण्टामा भने पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहे पनि उच्च वर्षाको सम्भावना कम रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया