

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं
नेकपा एमाले झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार मध्यान्ह १२ बजे भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उनका अनुसार केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
साथै पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने बैठकको निष्कर्ष छ ।
बैठकमा सहभागी बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेकाले सकभर निश्चित समयसीमा तोकेरै वार्ता गर्नुपर्नेमा जोड दिएका थिए ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक शाक्यले बताइन् ।
उनले भनिन्, ‘केपी ओली एमालेका लागि मात्र होइन, देशकै लागि बोझ भइसके । अब अब हामीले पनि आफ्नो दिशा तयार गर्नुपर्ने बेला भएको छ । आजको बैठकमा यसबारे गम्भीर छलफल हुन्छ ।’


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया