

चुरे दोहनले आउने सन्ततिको भविष्य समेत जोखिममाः सभापति आचार्य


कपिलवस्तु, जेष्ठ २१ ।
के.पी. ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख नभएको बिषयलाई एकाएक बजेटमा ल्याई देशकै आधा भन्दा बढी जनसंख्या बसोबास गर्ने भू–भागको दुरगामी भविष्यसँग जोडिएको बिषयमा नागरिक र सरोकारवालालाई अँन्धकारमा राखेर बनाईएको योजना दुराशयपूर्ण भएको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले भत्र्सना गरेको छ । बजेट भाषणमा चुरेबाटै उत्खनन गर्ने नभनियता पनि सो कार्यले सोझै चुरे क्षेत्रमा असर पर्ने नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा चुरेको संरक्षण गर्ने नीतिका साथ नेपाल सरकारले चुरे क्षेत्रको अनाधिकृत दोहन रोक्न २०७१ साउन १ गते देखि ढुङ्गा, गिट्टी, बालुवा निकासीमा प्रतिबन्ध लगाएको सर्व बिदितै छ । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोईरालाको नेतृत्वमा रहेको सरकारले गठन गरेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको उल्लेख छ ।
सरकारले आर्थिक बर्ष २०७८÷७९ को बजेटमा ढुङ्गा, गिट्टी, बालुवा भारत निकासी खोल्ने घोषणा गरेको छ । बजेटको १ सय ९९ नम्बर बुदाँमा उल्लेख गरिएको सो बिषय प्रति नेपाली कांग्रेस कपिलवस्तुको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । विगतमा चुरे क्षेत्रवाट ढुङ्गा, गिट्टी वालुवा अनियन्त्रित रुपमा उत्खननका कारण चुरेको क्षेत्रमा रहेका पानीको मुहान सुक्न गई तराई मधेस क्षेत्रमा भूक्षय र वाढी पहिरो जाने र पर्यावरणमा गम्भिर असर परेको अध्यन विष्लेशण गरिएको थियो । चुरे क्षेत्रको दोहनले अहिलेको पुस्ता मात्रै होईन, आउने सन्ततीको जीवन र भविष्य समेत जोखिममा पर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सरकारले चुरेको संवेदनशिलता नै नबुझि गरेको निर्णयले निहित व्यक्तिलाई क्षणिक लाभ पुगे पनि प्रकृती र आम नागरिकले ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ । यसर्थ बर्तमान सरकार आम नागरिकको जनजिवन प्रति उत्तरदायि नभएको बिषय थप प्रष्ट भएको छ । एकातिर सुकुम्बासी समस्याको समाधानका नाममा संस्थागत रुपमै वन क्षेत्र मास्ने र अतिक्रमण गराउने अर्का तर्फ राष्ट्रिय आय बढाउने नाममा चुरे क्षेत्र ध्वस्त पार्ने सरकारी निर्णय खेदजनक छ । तराई मधेसका जनताको जनजिवन सँग मात्रै नभई देशकै प्राकृतिक सम्पदाको बिनास गर्ने कुचेष्ठाका साथ सरकारले गरेको निर्णयलाई तत्कालै फिर्ता लिन नेपाली कांग्रेस कपिलवस्तु माग गरेको छ ।
राष्ट्रको सर्वोपरि हितको लागि चुरे मास्ने निर्णयमा हाम्रो घोर आपत्ति र बिरोध रहेको प्रष्ट्याउँदै सरकारले अभिलम्ब सो निर्णय नसच्याए प्रतिबाद स्वरुप बिरोध र आन्दोलनका कार्यक्रम गरिने जानकारी गराउदै निर्णयको बिरोध गर्न सम्पुर्ण राजनितिक दलहरु, नागरिक समाज, प्रकृति संरक्षणकर्मी, सञ्चारकर्मी र गैर सरकारी संघ संस्था तथा आम जनसमुदायहरुमा नेपाली कांग्रेस कपिलवस्तु हार्दिक आव्हान गर्दछ नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया