

आज पनि एमाले स्थायी कमिटी बैठक बस्दै


काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको स्रोतले जनाएको छ ।
आजको बैठकमा के-के विषयमा छलफल हुनेछ भन्ने खुलाइएको छैन। पछिल्लो समय एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग संवाद अघि बढाएका छन्।
यसअघि मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। ओली पक्षीय स्थायी कमिटी सदस्यहरूमात्र उपस्थित उक्त बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो।
नेपाल पक्षले भने पार्टी एकताका लागि कुनै ठोस प्रगति भइनसकेको बताएको छ। ‘सोमबार राति कुराकानी भएको हो त्यसयता कुनै प्रगति भएको छैन,’ नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले भने।
यसअघि ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरूले सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा झन्डै चार घन्टा छलफल गरेका थिए।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया