

‘5G’ प्रविधी जडानको विरुद्धमा – बलिउड नायिका जूही चावला

बलिउड नायिका जूही चावलाले भारतमा ‘५ जी’ प्रविधी जडानको विरुद्धमा दिल्लीको उच्च न्यायलयमा उजुरी दिएकी छिन् । उनले दिएको उजुरीको पहिलो सुनुवाई सोमबार भएको छ । अर्को सुनुवाई जुन २ तारिखमा हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
जूहीले ‘५ जी’ प्रविधी जडान अगाडि यसले पार्ने नकारात्मक प्रभावको बिषयमा अध्ययन हुनेपर्ने मा गरेकी छिन् । उनले अदालतसमक्ष उजुरी दिदै भनेकी छिन्–‘यो प्रविधी जडान गर्नु अगाडि यसको बारेमा गहिरो अध्ययन हुन जरुरी छ । ५ जी रेडिएशनले मानव जाती, जनावर र रुख विरुवामा गहरिो प्रभाव पार्दछ । यसैले, यो प्रविधी जडान हुनु पहिले यसले असर पार्दछ कि पार्दैन भन्ने स्पष्ट पार्न आवश्यक छ ।’
उनले आफू आधुनिक प्रविधीको विरुद्धमा नरहेको पनि स्पष्ट पारेकी छिन् । तर, रेडियशनले मानिस, जनावर, पन्छी र रुख विरुवालाई असर गर्ने उनको भनाई छ । जुहीले, मोबाइल टावरबाट निस्कने हानिकारक रेडियशनको विरुद्धमा यसअघि पनि आवाज उठाउँदै आएकी थिइन् ।
सन् २००८ मा उनले महाराष्ट्रका तत्कालिन मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई पत्र लेख्दै, मोबाइल टावर र वाई फाई हटस्पटबाट निस्कने रेडियसनले मानव जाती, पशु पन्छी र रुख विरुवालाई हानी गरिरहेको बिषयमा सचेत गराएकी थिइन् ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया