

खुल्ला निबन्ध लेखन प्रतियोगिताको उपाधी सिद्धार्थकी अर्यालले जितिन्



कपिलवस्तु ।
स्नातक तह स्तरीय खुल्ला निबन्ध लेखन प्रतियोगितामा सिद्धार्थ क्याम्पसकी छात्रा अरुणा अर्यालले प्रथम स्थान लिनुभएको छ । राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास डिभिजन कार्यालय गजेहडाले आयोजना गरेको स्नातक तह स्तरीय ( अर्घाखाँची, कपिलवस्तु) खुल्ला निबन्ध लेखन प्रतियोगितामा अर्यालले अन्य सहभागिहरुलाई पछि पार्दै प्रथम हुनुभएको क्याम्पसले जनाएको छ ।
क्यु. ए.ए प्रमाणित सिद्धार्थ क्याम्पसको स्नातक तहमा अध्ययनरत अर्यालको यो नजिता प्रति क्याम्पसले बधाई सहित उत्तरोत्तर प्रगतिको पनि कामना गरेको छ । सम्पन्न प्रतियोगितामा अर्याल सँगैँ अन्य कपिलवस्तु र अर्घाखाचीका विभिन्न क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उनीहरुलाई पछि पार्दै अर्यालले प्रथम स्थान लिएको सिद्धार्थ क्याम्पसले जनाएको छ ।
अर्यालले प्रथम स्थान हासिल गरेसंगै रु ५ हजारसहित प्रमाण पत्र प्राप्त गरेकी छन् ।“महिलाहरुको सुरक्षा र अधिकार, संकटकालीन व्यवस्थापन हाम्रो सरोकार“ भन्ने शीर्षकमा विधार्थीलाई १५०० शब्द नबढ्ने गरी निवन्ध लेख्न लगाईको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया