

रक्सी चोरेको आरोपमा असईसहित ३ प्रहरी निलम्बित


काठमाडौं
मदिरा पसलबाट भोड्का नामक मदिरा चोरेको आरोपमा ३ प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बन गरेको हो ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोली जेठ ९ गते राति लहान नगरपालिका २३ स्थित गढीया चौक आसपासका पसलहरु बन्द बन्द गराउँदै हिँड्ने क्रममा स्थानीय पुजा मदिरा होटल (एसके मदिरा) मा होहल्ला भएकाले सञ्चालक सहितलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
सो क्रममा पसलका सञ्चालक भागी पसल खाली रहेको अबस्थामा उनीहरुले भोड्का रक्सी लिई गएको भिडियो विभिन्न सामाजिक संजाल तथा संचार माध्यमबाट सार्वजनिक भएका थिए ।
त्यसप्रति ध्यानाकर्षण भएपछि उनीहरुलाई प्रहरी नियमावली २०७१ बमोजिम निलम्बन गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


खबर सबै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार






प्रतिक्रिया