

विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला



क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको छ ।
सन् १९७८ मा यो विद्यालय बन्द भएको थियो । स्थानीय सरकारले सो चिहान बिहीबार फेला परेको बताएको हो ।क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्– यो दुःखद् स्मृति हाम्रो मुलकको इतिहासकै एक लज्जास्पद अध्याय हो । स्थानीय प्रशासनले संग्रहालय विशेषज्ञको सहयोगले तिनीहरूको मृत्युको समय र कारण पत्ता लगाउने काम भइरहेको जनाएको छ ।
ब्रिटिस कोलम्बियाको शहर क्याम्लुप्सका प्रमुख राजान्ने क्यासिमिरले उक्त विद्यालयको प्रशासनले कहिल्यै पनि त्यति ठूलो सङ्ख्यामा विद्यार्थी वेपत्ता भएको विवरण तथा तथ्यांक राखेको नपाइएको बताएका छन् । १९ र २०औं शताब्दीमा आदीवासी युवाहरूलाई शिक्षित बनाउन आवासीय विद्यालयहरू अनिवार्य गरिएको थियो । त्यस्ता विद्यालयहरू सरकार आफैं वा धार्मिक निकायहरूले सञ्चालन गर्ने गर्थे ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया