

‘एमालेले गोरखामा उमेदवार नउठाउने बुझियो !’ : बजेटबारे बाबुरामको टिप्पणी



काठमाडौं
पूर्व प्रधानमन्त्री तथा जनाता समाजवादी पार्टीका (जसपा)का संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारद्वारा प्रस्तुत बजेटमार्फत एमालेले सिधासादा मतदातालाई ललीपप बॉडेको टिप्पणी गर्नुभएको छ ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका डा भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे ट्वीटरमार्फत प्रतिकृया दिनुहुँदै लेख्नुभएको छ– ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन । सिधासादा मतदातालाई ललीपप बॉडेको देखियो ।’
डा भट्टराईले पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको भन्दै बजेटमा घिसेपिटेका नारा र कार्यक्रम मात्रै भेटिएको समेत टिप्पणी गर्नुभएको छ । उहाँले सरकारले अध्यादेशमार्फत ल्याएको बजेटले जनस्तरमा खासै प्रभाव नपर्ने आशयमा व्यङ्ग्य गर्दै लेख्नुभएको छ– ‘एउटै नयॉ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !’


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया