

५ वर्षपछि बढ्यो प्रहरीको रासन भत्ता


काठमाडौं
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको बताएका हुन् ।
प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन । २०७२ माघपछि भत्ता नबढेकाले दुई सुरक्षा निकायले ५० प्रतिशत भत्ता बढाउनुपर्ने प्रस्ताव गृहसमक्ष राखेका थिए । तर अर्थ मन्त्रालयले राज्यलाई आर्थिक भार पर्ने बताउँदै धेरै बढाउन नसकिने बताउँदै आएको थियो ।
गृह मन्त्रालयका सह–सचिव थानेश्वर गौतमको नेतृत्वमा गठित समितिले मूल्यवृद्धि ३३ प्रतिशतले बढेको भन्दै भत्ता बढाउन सिफारिस गरेको थियो । त्यसअघि सह–सचिव चक्रबहादुर बुढाको नेतृत्वमा गठित समितिले हरेक दुई वर्षमा रासन भत्ता वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
कति थियो भत्ता ?
केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार जिल्लापिच्छे रासन भत्ताको दर फरक छ । ‘अहिले ३५ सयदेखि १५ हजार रुपैयाँसम्म रासन भत्ता दिइने गरिएको छ’ उनले अनलाइनखबरसँग भने, ‘हुम्ला, जुम्ला जस्ता जिल्लामा १० हजार बढी छ, काठमाडौंमा ४ देखि ५ हजारको बीचमा छ ।’
यो रकम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने रासत भत्ता दररेट निर्धारण समितिले मूल्यांकन गरेर तोक्ने गरेको छ ।
रासन भत्ता छाक टार्नै नपुग्ने भएको तल्ला तहका प्रहरी अधिकारीहरुको गुनासो रहँदै आएको छ । पेन्सन अवधि पुग्ने वित्तिकै उनीहरुले जागिर छाड्ने क्रम बढिरहेका वेला प्रोत्साहनका लागि पनि भत्ता बढाउने निर्णय सुखद् भएको अधिकृतहरु बताउँछन् ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया