

राष्ट्रपति भण्डारीद्धारा अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र : खोप सहयोगका अपिल



काठमाण्डाै
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर नेपाललाई काेराेनाविरुद्धकाे खोप सहयोग गर्न अनुरोध गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमा पुगेर वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई हस्तान्तरण गर्नुभएको अमेरिकामा रहेको नेपाली दूतावासले जनाएको छ ।
भेटमा राजदूत खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न देशले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा पनि सहजीकरण गरिदिन अनुरोध गर्नुभएको दूतावासले जनाएको छ । जवाफमा मसिन्गाले अमेरिकी सरकारको नेपालको वर्तमान महामारीलाई लिएर गहिरो सहानुभूति रहेको बताएको दूतावासले जनाएको छ ।
यस अघि परराष्ट्र मन्त्रालयले पनि अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख डोज खरिद गर्न पनि पत्राचार गरिसकेको छ । राष्ट्रपति भण्डारीले यस अघि भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर तथा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग टेलिफोन संवादमा खोपका लागि सहयोग गर्न अनुराेध गरिसक्नुभएको छ ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया