

अमेरिकी संसद भवनमा भएको आक्रमणबारे छानबिन आयोग गठन गर्ने प्रस्ताव अस्वीकृत



काठमाण्डाै
अमेरिकाको संसद भवनमा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । गएको जनवरी ६ मा भएको हिंसात्मक आक्रमणको अनुसन्धान सम्बन्धी तल्लो सदनले पारित गरेको प्रस्ताव माथिल्लो सदनले रोकेको बीबीसीले जनाएको छ । ६० सिनेटरको समर्थन चाहिने प्रस्तावको पक्षमा ६ रिपब्लिकनसहित ५४ सिनेटरको मात्रै समर्थन प्राप्त भएको छ ।
राष्ट्रपति चुनावको नतिजालाई आधिकारिकता प्रदान गर्न संसदको संयुक्त सत्र चलिरहेका बेला तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए । आक्रमणमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको ज्यान गएको थियो । न्युयोर्क र वासिङ्टनमा भएको आतङ्कवादी आक्रमणकै जस्तै गरी संसद भवनमा भएको आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्ने प्रस्ताव विधेयकमा थियो ।
दुवै पार्टीका बराबर सदस्य रहने १० सदस्यीय आयोगले भविष्यमा हुनसक्ने आक्रमण रोक्नका लागि गर्नु पर्ने कामहरुबारे सुझाव दिने व्यवस्थाकाे प्रस्ताव गरिएको थियो । आयोग बन्न रोकेको भन्दै राष्ट्रपति जो बाइडेनले रिपब्लिकनको आलोचना गर्नुभएको छ । पूर्व राष्ट्रपति ट्रम्प भने आयोगले दोषी करार गर्ने सम्भावित खतराबाट बच्नुभएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया