

प्रतिगामीविरुद्ध राष्ट्रिय एकता आवश्यक : प्रचण्ड



काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुवीच सुदृढ राष्ट्रिय एकता आवश्यक भएको बताएका छन् ।
१४ औं गणतन्त्र दिवसको उपललक्ष्यमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतान्त्रिक संस्कार र संस्कृती निर्माण गर्न प्रतिगामी तत्व विरुद्धको एकतामा जोड दिएका हुन् ।
प्रचण्डले नेपाली जनताको ठूलो त्याग र वलिदानीबाट गणतन्त्र स्थापना भएको समेत उल्लेख गरेका छन् ।
उनले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको समेत उल्लेख गरेका छन् ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया