

दक्षिणपन्थी भासतर्फ केपी ओली मुलुकलाई लैजान उद्यत छन् : नेता खनाल



काठमाडौं
नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक ’कू’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेको बताएका छन् । गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गद इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेको नेता खनालले बताए ।
नेता खनालले ओलीले आफूहरु जस्ता हजारौ लाखौं कार्यकर्ताको बलिदानिबाट बनेको पार्टीलाई दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउँदै विचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेको आरोप लगाए ।
ओलीले निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि कारबाहीको डण्डा चलाउँदै निरंकुश तानाशाही प्रवृति देखाइरहेको उनको भनाइ छ ।
यस क्रियाकलापबाट पार्टी संगठनलाई ध्वस्त बनाउन र मुलुकलाई अस्थिरताका साथै दक्षिणपन्थी भासतर्फ लैजान ओली उद्धत भएको प्रष्ट भएको नेता खनालले बताए । पार्टीभित्र उत्पन्न दक्षिणपन्थी अवसरवादी सोंच, चिन्तन र गतिविधिका विरुद्ध दृढता पूर्वक वैचारिक संघर्ष गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा निर्माण गर्नुपर्ने उनले बताए ।
राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न, राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकताबद्ध बनाउन प्रतिगमन बिरुद्ध सबै देशभक्त लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने खनालको जोड छ ।
यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न, कोरोना महामारीको नियन्त्रणका लागि एकताबद्ध भएर परिचालित हुन र समाजवादको बाटोमा दृढतापूर्वक अगाडि बढ्न सबैमा आह्वान गरे ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया