

माानव अधिकार आयोगले भन्यो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कानुी दायरामा ल्याऊ


काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगले बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध जनाएको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले शुक्रबारु नै भेरी अस्पतालको स्थलगत अनुगमन पनि गरेको छ ।
आयोगले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ ।
त्यस्तै महामारीको संकटपूर्ण अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न आग्रह गरिएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया