

वर्ष हिउँदे तथा वर्षे बिदाहरु नपाउने : त्रि.वि


काठमाण्डौँ
त्रिभुवन विश्वविद्यालयले सकेसम्म शैक्षिक गतिविधि बन्द नहुने गरी वैकल्पिक विधिहरु अपनाउन सबै क्याम्पसहरुलाई आग्रह गरेको छ ।शिक्षाध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भुषालले सूचना निकालेर वैकल्पिक विधिबाट पढाइ सञ्चालन गरिरहेकाहरुलाई धन्यवाद दिँदै पढाइ रोकिएका क्याम्पसहरुलाई पनि सम्भव भएका विधिबाट शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गर्नुभएको हो । त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षाहरु उपयुक्त समयमा गर्ने व्यवस्था गर्ने जनाएको छ ।
निषेधाज्ञा तथा लकडाउनका कारण आवतजावतमा समस्या हुने भएकाले अत्यावश्यक नभइ कार्यालयमा उपस्थित नहुन पनि सबै कर्मचारीहरुलाई त्रि.वि.को आग्रह छ । यस्तै यस वर्ष हिउँदे तथा वर्षे बिदाहरु नपाउने पनि सूचनामा उल्लेख छ ।



खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया