

लुम्बिनी प्रदेश उपनिर्वाचन : सत्तापक्ष र गठबन्धन समुहको लडाई



दाङ ।
लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन यही जेठ १७ गते दाङको घोराहीमा हुन लागेको छ। निर्वाचन समयतालिका अनुसार जेठ १७ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदान हुने प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ।
माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित चन्द्रबहादुर खड्काले पाटी परिवर्तन गरेपछि उनको पद रिक्त भएको छ । उक्त रिक्त पदमा अहिले उपनिर्वाचन हुन लागेको कार्यालयका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए। उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ७९ जना र प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख, उपपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष २१७ जना गरी जम्मा २९६ जना मतदाता सहभागी हुँदैछन्। प्रदेशका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एमालेका ९१, कांग्रेसका ६४, माओवादी केन्द्रका ३९, जसपाका १३, जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना रहेका छन्। मतदान घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने भएको छ। मतदानस्थलमा ३ वटा मतदान केन्द्र तोकिएको छ।
जसमा प्रदेशसभा सदस्यका लागि ‘क’ स्थानीय पालिकाका प्रमुख,उपप्रमुखका लागि ‘ख’ र कोरोना संक्रमित भएका मतदाताहरुका लागि ग गरी छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको पनि निवाचन अधिकारी भट्टराईले जानकारी दिए।
उपनिर्वाचनमा २ जनाको प्रतिष्प्रर्धा रहेको छ। नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का, र विपक्षी गठबन्धनको तर्फबाट दृघ नारायण पाण्डेय चुनावी मैदानमा छन्। उनीहरू दुवै जनालाई निर्वाचन कार्यालयले चुनाव चिन्हसमेत प्रदान गरेको छ । जसमा खड्कालाई सूर्य र पाण्डेलाई रूख चिन्ह प्रदान गरिएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया