

छिमेक लघुवित्तद्धारा बाणगंगा नगरपालिकालाई आर्थिक सहयोग


कपिलवस्तु ।
छिमेक लघु वित्त वित्तीय संस्थाले कोरोना नियन्त्रणका लागि नगरपालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
कपिलवस्तुमा कोरोना संक्रमणको दर उच्च तहमा पुगे सँगै जिल्लाका विभिन्न स्थानीय तहहरुले संक्रमण नियन्त्रणका लागि सहयोगको अपिल गरिरहेका छन् । जिल्लाको बाणगंगा नगरपालिकाले नगरपालिकाको कोरोना कोषमा आर्थिक तथा नगरपालिकाको जिन्सी शाखामा भौतिक सहयोगको अपिल गरेको छ । नगरपालिकाको अपिल सँगै बाणगंगा स्थित छिमेक लघु वित्त वित्तीय संस्था बाणगंगा शाखाले कोरोना नियन्त्रणका लागि नगरपालिकालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
छिमेक लघु वित्त वित्तीय संस्था बाणगंगा शाखाका प्रमूख अनिरुद कुमार यादवले नगरपालिकाका प्रमूख मंगल प्रसाथ थारुलाई कोरोना नियत्रणका लागि भन्दै रु. १७ हजार रुपैयाँको चेक हस्तान्त्रण गर्नुभयो । चेक लिदैँ नगर प्रमूख थारुले नगरपालिका सँग कोरोना नियन्त्रणमा सहकार्य गर्न अग्रसर रहेको छिमेक लघु वित्त वित्तीय संस्थालाई धन्यवाद दिनुभएको छ ।
यसैबिच छिमेक लघुवित्त वित्तीय संस्था बाणगंगा शाखाले ईलाका प्रहरी कार्यालय पिपराका लागि कोरोना सुरक्षार्थ संस्थाका शाखा प्रमूख यादवले ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिनेश गुरुङलाई मास्क, स्यानिटाइजर लगाएतका स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया