

बेवास्ता गर्दा टोल–टोलमा संक्रमण

कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै छ। बागलुङको गलकोट नगरपालिकाका वडाध्यक्ष हिम भण्डारीले गाउँमा संक्रमण फैलिनुको मुख्य कारण लक्षण नभएका संक्रमित व्यक्तिले भेटघाट र हिँडडुल गर्नु रहेको बताए।
लक्षण नभएका वा अलि–अलि लक्षण भएका संक्रमितले आफूलाई कोरोना नभई सामान्य रुघाखोकी लागेको हो भन्ने ठानेर हिँडडुल र भेटघाट गर्दा नगरपालिकाका केही टोलमा संक्रमण फैलिएको पाइएको उनले बताए। ‘संक्रमित तर लक्षण नदेखिएका व्यक्ति गाउँघरमा घुमफिर गरेको देखियो’, उनले भने, ‘टोलै संक्रमित हुनुमा यही कारण देखिन्छ।’
त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका पल्मोनरी तथा वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार मंगलबार नै ओखलढुंगाको विकट गाउँबाट हेलिकोप्टरमा संक्रमणले सिकिस्त व्यक्तिलाई ल्याइएको छ। अहिले काठमाडौंवासीभन्दा विकट गाउँबाट उपचारमा आउने बिरामीको चाप अस्पतालमा बढिरहेको उनको भनाइ छ।
विकट गाउँमा पिसिआर परीक्षण नहुने र बिरामी रोगले च्यापेपछि मात्र उपचारमा आइपुग्ने गरेको र कतिपयको आउँदाआउँदै मृत्यु भइरहेको उनले बताए। ‘कतिको आकस्मिक कक्षमै मृत्यु हुन्छ,’ डा. बमले भने। अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका संक्रमित पनि सिकिस्त भएपछि मात्र उपचार गराउन काठमाडौं आइपुगेका छन्।
विकट गाउँहरूमा अहिले पनि परिवारभित्र मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता सामान्य मापदण्ड पनि पालना गरिँदैन। कतिपयलाई यसबारे जानकारी पनि छैन। विकट गाउँमा लक्षणविहीन संक्रमितबाटै टोलभरि संक्रमण फैलिएको डा. बम बताउँछन्। ‘गाउँमा लक्षण नभएका संक्रमितहरूको घुमफिरले संंक्रमण भुसको आगोजस्तै फैलिएको देखिन्छ’, उनले भने। – पत्रपत्रिकाबाट


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया