

आमा, छोरी र छाेरा मृत अवस्थामा भेटिए



दाङ
प्युठानमा एकै परिवारका तीन सदस्य मृत अवस्थामा भेटिएका छन् । स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीया गायत्री सुनार, सात वर्षीया छोरी र तीन वर्षीय छोराको शव प्युठान नगरपालिका वडा नम्बर १ चेरनेटा जङ्गलमा सालको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
साेमवार (हिजो) दिउँसो माइतीमा आमा भेट्न जान्छु भनेर हिँडेकी गायत्री र छोराछोरीको शव झुन्डिएको अवस्थमा भेटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक (डीएसपी) सुनिल मल्लले जानकारी दिनुभएको छ । मल्लका अनुसार एउटै रुखमा तीनै जना अलग/अलग डोरीमा झुन्डिएको देखिएको छ ।
दाङमा पनि दुई जना मृत भेटिए
यस्तै दाङमा पनि दुई जना मृत अवस्थामा भेटिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारका अन्दाजी २९ वर्षीय रेखबहादुर घर्तीसँगै एक महिला झुन्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । गएको शनिबार घरबाट निस्किएका घर्तीको शव केही पर आँपको रुखमा झुन्डिएको अवस्थामा आज भेटिएको हो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया