

खनाल-नेपाल समूह नयाँ पार्टी खोल्ने तयारीमा


काठमाडौं
नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगिसकेको अवस्थामा नेपाल-खनाल समूहका नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने तयारीमा रहेको संकेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि त्यसको विरोध गर्दै समूहले विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।
यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको हो । नेपालले अध्यक्ष केपी शर्मा ओलीले नै पार्टीलाई फुटको दिशातर्फ धकेलेको आरोप लगाएका छन् ।
ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने स्थायी कमिटीको निर्णय भएको बताउँदै नेपालले ओलीको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेको जनाए ।
त्यसैगरी केही दिनअघि गठन भएको पार्टी एकता कार्यदलको औचित्य पनि ओलीले सकाइदिएको नेपालको आरोप छ । कार्यदल बनेपछि त्यसपछिका ठूला निर्णय लिँदा सल्लाह गरेर अघि बढ्नुपर्ने तर ओलीको एकलौटी ढङ्गले निर्णय लिने स्वभाव परिवर्तन नभएको नेपालले बताए ।
ओलीले नै पार्टीलाई फुटको दिशातर्फ धकेलेको र नयाँ पार्टी खोल्न बाध्य पारेको नेपालको भनाई छ ।
(कान्तिपुरमा प्रकाशित अन्तर्वार्तामा आधारित)


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया