

एमालेको तयारी : खनाल-नेपाल समूहलाई कारबाही


काठमाण्डौ
नेकपा एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ ।
खनाल-नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभायो ।
उज्यालोसँग कुरा गर्दै उहाँले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी दिनुभयो । संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री दाबी गर्ने क्रममा खनाल-नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।
खनाल नेपाल समूहका २६ सांसदसहितको हस्ताक्षर लिएर कांग्रेस सभापति देउवाले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आफ्नो दाबी पेस गर्नुभएको थियो । उनीहरुलाई स्पष्टीकरण सोध्ने तयारी भएको हो ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया