

भारतमा कोरोना संक्रमित दैनिक घट्दै : २४ घण्टामा २.६७ लाख भेटिए, ३.८९ निको भए


एजेन्सी
भारतमा कोरोना संक्रमितको संख्यामा लगातार कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका थिए । यस्तै ३ लाख ८९ हजार ५६६ जना निको पनि भए । यसरी भारतमा उपचार गराइरहेका सक्रिय संक्रमितको संख्यामा एक लाख २७ हजार १०९ को कमी आएको छ ।
संक्रमितको संख्यामा कमी आएता पनि मृत्यु दर लगातार बढ्दो छ । अघिल्लो दिन यहाँ ४,५२५ जनाको महामारीका कारण ज्यान गएको छ । यो एक दिनमा मृत्यु भएको सबैभन्दा ठूलो आँकडा हो । यसअघि सोमबार यहाँ ४,३३४ को मृत्यु भएको थियो ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः २.६७ लाख
पछिल्लो २४ घण्टामा निको भएकाः ३.८९ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,५२५
हालसम्म कूल संक्रमित भइसकेकाः २.५४ करोड
हालसम्म निको भएकाः २.१९ करोड
हालसम्मको कूल मृत्युः २.८३ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३२.२१ लाख


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया