

क्रोएसियाको टिम युरोकपका लागि घोषणा



काठमाडौं
अर्को महिनादेखि सुरु हुने युरोकप फुटबलका लागि क्रोएसियाको टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक ज्लाट्को डालिचले सोमबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।
कोरोना महामारीका कारण यस पटक युरोमा सहभागी टोलीले टिममा २६ जना खेलाडी राख्न पाउने यसअघि नै युइएफएले निर्णय गरिसकेको छ । त्यसैअनुसार क्रोएसिया २६ जनाको टोली घोषणा गरेको हो ।
प्रशिक्षक ज्लाट्को डालिकले यी खेलाडी अहिले क्रोएसियाको उत्कृष्ट रहेको र यसमा आफ्नो विश्वास रहेको बताएका छन् ।
टिममा ३ गोलकिपर, ९ डिफेण्डर, ७ मिडफिल्डर र ७ फरवार्ड छन् । क्रोएसियाले ८ जना स्ट्यानबाई समेत घोषणा गरिएको छ ।
समूह डी मा रहेको क्रोएसियाले चेक रिपब्लिक इंग्ल्याण्ड र स्कटल्याण्डसँग खेल्नेछ ।
मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरो हुन लागेको छ ।
युरोकप आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
२६ सदस्यीय टोली
गोलकिपर : लोभरे कालिनिक, डोमिनिक लिभाकोभिक, सिमोन स्लुगा
डिफेण्डर : डोमागोज भिदा, डेजान लोभरेन, सिम भ्रस्लाज्को, बर्ना बारिसिक, डुजे कालेटा कार, जोसिप जुरानाभिक, डोमागोज बराडारिक, मिले स्कोरिक, जोस्को जिभार्डिओल
मिडफिल्डर : लुका मोडरिक, माटेओ कोभासिक, मार्सेलो ब्रोजोभिक, मिलान बाडेल, मारियो पासालिक, निकोला भ्लासिक, लुका इभानुसेक
फरवार्ड : इभान पेरिसिक, आन्द्रे क्रमारिक, एन्टे रेबिक, जोसिप ब्रेकालो, ब्रनो पेटकोभिक, मिस्लाभ ओरिसिक, एन्टे बुडिमिर


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया