कपिलवस्तुको बनगाईदेखि अज्ञात समुहद्वारा टाटा सुमो गाडी चोरी

राधा पाण्डे/कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका ७ बनगाईबाट गयराती अज्ञात समुहद्वारा टाटा सुमो गाडी चोरी भएको छ । लकडाउनको मौका छोपी पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बनगाइ चोकबाट ३० मिटर पश्चिममा रहेको आफ्नै घरको पार्किङमा राखिएको गाडी रातिको समयमा चोरी भएको गाडीधनी अशोक वाग्लेले जानकारी दिनुभयो ।

उहाँले लकडाउनले गर्दा लामो समयसम्म गाडी नचलेको र त्यही मौका छोपी आज राती साढे १० बजे सम्म बा ८ च ४५७४ नम्बरको रातो कलरको टाटा सुमो गाडी पार्किङमै रहेको र बिहान साढे ५ बजे उठ्दा नदेखे पछि खोजिकार्यको लागि इलाका प्रहरी कार्यालय पिपरालाइ खबर गरिएको बताउनु भयो ।

गाडी परिवार सुतिसकेको अवस्थामा चोरी भएको वाग्लेले जानकारी दिनुभयो । टाटा मोटर्स कम्पनीको २०१० टाटा सुमो मोडल, ४९७ sptc४२Gzy६३३५९९ इन्जिन नम्बर र mat४४६३४१ A९G२४१४४ चेचिस नम्बर रहेको ९ सिटे गाडी हराएको बताइएको छ ।
खोजिकार्यका लागि आफुहरु अगाडि बढीसकेको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै