

अज्ञात समुहद्वारा टाटा सुमो गाडी चोरी


राधा पाण्डे/कपिलवस्तु
गयराती अज्ञात समुहद्वारा टाटा सुमो गाडी चोरी भएको छ । लकडाउनको मौका छोपी पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने बनगाइ चोकबाट ३० मिटर पश्चिममा रहेको आफ्नै घरको पार्किङमा राखिएको गाडी रातिको समयमा चोरी भएको गाडीधनी अशोक वाग्लेले जानकारी दिनुभयो ।
उहाँले लकडाउनले गर्दा लामो समयसम्म गाडी नचलेको र त्यही मौका छोपी आज राती साढे १० बजे सम्म बा ८ च ४५७४ नम्बरको रातो कलरको टाटा सुमो गाडी पार्किङमै रहेको र बिहान साढे ५ बजे उठ्दा नदेखे पछि खोजिकार्यको लागि इलाका प्रहरी कार्यालय पिपरालाइ खबर गरिएको बताउनु भयो ।
गाडी परिवार सुतिसकेको अवस्थामा चोरी भएको वाग्लेले जानकारी दिनुभयो । टाटा मोटर्स कम्पनीको २०१० टाटा सुमो मोडल, ४९७४२६३३५९९ इन्जिन नम्बर र ४४६३४१९२४१४४ चेचिस नम्बर रहेको ९ सिटे गाडी हराएको बताइएको छ ।
खोजिकार्यका लागि आफुहरु अगाडि बढीसकेको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताउनुभयो ।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया