

कपिलवस्तु नगरपालिकाले बनाउने भयो अक्सिजन प्लान्ट



कपिलवस्तु ।
अक्सिजन अभावले कोरोना संक्रमितको उपचारमा समस्या आए पछि कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारसंग सहकार्य गरी अक्सिजन प्लान्ट चाडोभन्दा चाडो निर्माण गरिने भएको हो ।
अक्सिजन प्लान्ट निर्माण गरिने नगर कार्य पालिका बैठकबाट निर्णय गरिएको मेयर किरण सिंहले जानकारी दिए । प्रदेश सरकारले सहयोग नगरे आफनै लगानीमा भए पनि प्लान्ट निर्माण गरिने उनले बताए । ‘ अक्सिजन अभावमा बिरामीहरु छटपटाई रहेका छन, हारगुहार गर्दा पनि पाउन गाह्रो छ ’ मेयर सिंहले भने ‘ बिरामीको उचारमा सहजताकालागि अक्सिन प्लान्ट निर्माण गर्ने तयारीमा जुटेका छौ ’ । उनले भने जति सक्दो चाडो प्लान्ट निर्माण गरिने गरी तयारी थालिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पोडेलले प्रदेश सरकार र अन्य पातिलकासंग समन्वय र सहकार्य गरी प्लान्ट निर्मााण्को प्रकृया अघि बढाएको बताए । उनले जिल्लाका पालिका र दाताहरुले आफुरुको यो अभियानमा सहकार्य र साथ दिन आग्रह गरे ।
नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले कोरोनो यो महामारीमा आफुहरुले सामाजिक विकासको बजेट स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेको बताए । उनले महामारीको रोकथाम गरी संक्रमितहरुको उपचार आफुहरुको दायित्व र प्राथमिकतामा रहेको बताए । वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेलले आफनो वडाको सामाजिक र अन्य क्षेत्रमा खर्च गर्र्न बाकी रहेको रकम कोरोना महामारी नियन्त्रण अभियानमा खर्च गर्न आफु तयार रहेको बताए । अहिलेको कठिन समयामा मानिसको जीवन रक्षा नै हाम्रो प्राथमिकता हो, यसमा हामी गंभीर छौ ’ उनले भने ।
कपिलवस्तु अस्पतालमा १ सय २६ वटा अक्सिजन सिलिन्डर भए पनि ग्यास उद्योगबाट सहज आपुर्ति नहुदा उपचारमा समस्या आएको छ । अस्पतालमा दैनिक ४० वटा सिलिन्डर खपत हुने गरेको ब्यवस्थापक रत्नाकर शुक्लाले जानकारी दिएका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया