

ओलीले राष्ट्रिय सरकारको प्रस्ताव अस्वीकार गरे : बाबुराम भट्टराई


काठमाडौं
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा अस्वीकार गरेका खुलासा गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेश रहेको भट्टराईले आइतबार बिहान ट्वीट गर्दै देशलाई निकास दिन प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकारको प्रस्ताव राखेको बताए । तर वर्तमान / पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव ओलीले अस्वीकार गरेपछि उक्त कुरा अरुलाई नभनेको भट्टराईको भनाइ छ ।
भट्टराईले बैशाख २८ गते राति ओलीलाई भेटेका थिए । उनले २९ गते विहान ट्वीटर मार्फत देशको संकट हल गर्न चार प्रस्ताव अगाडि सारेका थिए ।
एमाले नेता महेश बस्नेतले शनिबार एक टेलिभिजन अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएपछि उनको उक्त कुरा खुलाएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो- महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो। वहॉले नमानेपछि अरूलाई नभनेको हुँ ।’
अझै पनि धारा ७६ (५) बमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने भट्टराईको भनाइ छ । काँग्रेस र माओवादी केन्द्रले बहुमत जुटाउन नसकेपछि ओलीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाएका छन् ।
उनले ३० दिनभित्र बहुमत सिद्ध गर्ने नसकेको खण्डमा संविधानको धारा ७६ (५) अनुसार बहुमत जुटाउन सक्ने प्रतिनिधिसभाको सांसदले प्रधानमन्त्रीमा दाबी गर्न सक्ने व्यवस्था छ ।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया