

जसपाको विवाद सतहमा



काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक विवाद सतहमा देखिन थालेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक नै नडाकिएको भन्दै प्रेस विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा उनले जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार दिनको १ बजेदेखि पार्टी कार्यालयमा हुने भनेर विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालबाट सूचना र समाचार पाएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनले विज्ञप्तिमार्फत जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसको जानकारीसमेत आफूहरूलाई नभएको स्पष्ट पारेका छन् ।
अध्यक्ष यादवले भने आफ्नो निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएर शनिबार छलफल गरेका छन् ।
यादव समूहले बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चार जना सांसदलाई कारबाही गरेकोमा ठाकुरले त्यो निर्णय आधिकारिक नभएको भन्दै आपत्ति जनाइसकेका छन् ।
जसपा नेपालका सांसद रामबाबु यादवले ठाकुर र राजेन्द्र महतो पक्षले पार्टीको विधानविपरीत महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाहीको प्रस्ताव लगिने सञ्चारकर्मीहरूसँग बताए ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भए पनि महतोलाई विधानविपरीत संसदीय दलको नेता बनाइएको प्रतिक्रियासमेत दिए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया