

नेपाल सुपर लिग फुटबलको उपाधि काठमाण्डौ रेजर्सलाई



काठमाण्डाै
नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधि काठमाण्डौ रेजर्सले जितेको छ ।
दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाण्डौले उपाधि जितेको हो । काठमाण्डौको जितमा २१ औं मिनेटमा विदेशी खेलाडी मेसौके ओलोमोउले गोल गरे । खेल अवधिभर धनगढीले गोल गर्ने उत्कृष्ट मौका बनाए पनि सदुपयोग गर्न सकेन ।
आजको जितसँगै काठमाण्डौले प्रतियोगितामा धनगढीसँग दुईपटक हारेको बदला पनि लिएको छ । आजको खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्जाेङ र विकेश कुथुबीचको प्रतिस्पर्धाका रुपमा पनि लिइएको थियो, जसमा कुथुले बाजी मारे । प्रतियोगिताको विजेता काठमाण्डौले ३५ लाख रुपैयाँ र उपविजेता धनगढीले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया