

चीनतर्फबाट हुने सगरमाथा आरोहण रद्द


काठमाण्डौ
चीनले वसन्त ऋतुमा हुने सगरमाथा आरोहण पूर्ण रुपमा रद्द गरेको छ । नेपालतर्फको आधार शिविरमा कोरोना सङ्क्रमण फैलिएको खबरपछि सङ्क्रमण फैलनबाट रोक्न भन्दै शिखिरमा रेखा कोर्न टोली पठाएको चीनले सबै आरोहण रद्द गर्दै आरोहीहरुलाई फिर्ता बोलाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आरोहण रद्द गरेसँगै चीनले सगरमाथाको शिखरमा सीमारेखा कोर्ने काम पनि रोकेको छ । केही मानिस उभिन मात्रै मिल्ने सगरमाथाको शिखरमा चीनले रेखा कोर्ने विषयलाई चासोका साथ हेरिएको थियो । मानिस लामो समय बस्न नसक्ने, घेराबार लगायतको भौतिक संरचनाको संभावना कम भएको तथा चीन वा नेपालतर्फको मोहोडाबाट जाने आरोहीहरु सजिलै भेट हुने भएकोले सीमारेखा असंभव रहेको आरोहीहरुले बताएका थिए ।
चासोका बीच चीनले आरोहीबाट कोरोना सर्न सक्ने भन्दै आफ्नो तर्फबाट हुने सबै आरोहण नै रद्द गरेको सिन्ह्वाले जनाएको छ । आरोहण रद्द गरेसँग चीनतर्फबाट सगरमाथा आरोहणका लागि माथिल्लो शिविरमा पुगिसकेकाहरु पनि फिर्ता भएका छन् । चीनले यो वर्ष बिदेशी नागरिकलाई सगरमाथा आरोहणको अनुमति दिएको थिएन । आरोहणका लागि ३८ जना चिनियाँ नागरिकले अनुमति लिएका थिए ।
नेपालले भने जोखिमकै बीच पनि बिदेशी नागरिकलाई सगरमाथा आरोहणको अनुमति दिएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विदेशी र नेपाली नागरिक गरी चार सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । अहिलेसम्म आरोहण अनुमति लिएका र उनीहरुका सहयोगी समेत गरी एक सय ७० जना भन्दा धेरैले आरोहण गरिसकेका छन् ।
अहिले आरोहणका लागि मौसम अनुकूल नरहेकोले आरोहीहरु अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा रहेका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आरोहण वा आरोहीका सहयोगका लागि सगरमाथा आधार शिविरमा गएकामध्ये अहिलेसम्म कम्तीमा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सरकारले भने सगरमाथामा अवस्था सामान्य रहेको भन्दै जोखिम नभएको बताउँदै आएको छ ।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया