

बैशाखमा मात्रै एक लाख ५८ हजार बढीमा कोरोना संक्रमण


काठमाण्डाै
नेपालमा बैशाख महिनामा मात्रै एक लाख ५८ हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बैशाख १ गते कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार नौ सय २५ रहेकोमा बैशाख मसान्त अर्थात् हिजोसम्ममा सङ्क्रमितको सङ्ख्या बढेर चार लाख ३९ हजार ६५८ पुगेको छ ।
बैशाख महिनाभरमा चार लाख ९६ हजार नौ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै बैशाख महिनामा मात्रै कोरोनाबाट एक हजार ६ सय आठ जनाले ज्यान गुमाएका छन् । बैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ जनाको ज्यान गएकोमा हिजो सम्ममा ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको छ ।
यस्तै बैशाख महिनामा ४९ हजार ४७ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । बैशाख १ गते सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६ जना रहेकामा अहिले बढेर एक लाख सात हजार तीन सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर एक हजार सात सय पाँच जना सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया