

माग पूरा नभए ४ बजेपछि राजिनामा दिने नेपाल-खनाल पक्षको चेतावनी


काठमाण्डाै
नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आफ्ना माग पूरा गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार दिउँसो ४ बजेसम्मको अल्टिमेटम दिएको छ ।
स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ४ जना नेताको कारबाही फुकुवा गरे पनि पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने नेपाल पक्षीय नेताहरूको माग छ । कारबाही फुकुवाले मात्रै समस्या समाधान नहुने भएकाले नयाँ गठन गरिएका कमिटी र खोसिएका जिम्मेवारी पुरानै अवस्थामा रहने ग्यारेन्टीको माग गरिएको नेता भीम रावलले जानकारी दिनुभयो ।
माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।
४ बजेसम्म माग पूरा नभए राजीनामा दिने रावलको चेतावनी छ ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया