

सरकार गठनको सम्भावना टर्दै गएको कांग्रेस–माओवादीको निष्कर्ष



काठमाडौं
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो ।
एक नेताका अनुसार एमालेमा अध्यक्ष केपी शर्मा ओली जेठ २, २०७५ मा फर्किन तयार भए माधवकुमार नेपाल पक्षले राजीनामा नदिने देखिएको छ । र, ओली पक्षले जेठ २ मा फर्किन सहमति जनाउने सम्भावना छ । यसबारे ओली र नेपालबीच वार्ता भइरहेको छ ।
जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले बिहीबार विहान देउवालाई भेटेर नयाँ सरकार गठनमा साथ नदिने बताइसकेका छन् । माओवादी केन्द्रका एक नेता भन्छन्, ‘बहुमतको सरकार गठनको सम्भावना लगभग सकिएको छ ।’
एमालेमा प्रधानमन्त्री ओली र माधवकुमार नेपालबीच भइरहेको वार्ताको निष्कर्ष आएपछि थप भन्न सकिने उनले बताए ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया