

एट्लेटिको मड्रिड ला लिगाको उपाधि नजिकै



काठमाण्डाै
स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड विजयी भएको छ ।
गएराति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोलले हरायो । जितसँगै एट्लेटिकोको ८० अंक भएको छ र दोस्रो स्थानमा बार्सिलोना भन्दा ४ अंकले अघि छ । हिजोको जितले एट्लेटिको उपाधि नजिकै पुगेको छ ।
अब २ खेल जितेमा एट्लेटिको च्याम्पियन हुनेछ । एट्लेटिकोले सन् २०१४ यता उपाधि जितेको छैन् । उपाधि होड रोमाञ्चक भइरहेको ला लिगामा ७५ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा रहेको छ । यस्तै इङ्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई १–० गोलले हराएको छ । आर्सनलको लागि स्मिथ रोवले गोल गरे । आर्सनल ५५ अंकका साथ आठौँ स्थानमा छ, चेल्सी ६४ अंकसहित चौथो स्थानमा छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया