

कोरोना संक्रमणबाट कपिलवस्तुमा २ दिनमा १५ जनाको मृत्यु ,मृर्तकको संख्या १०० पुग्यो


कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको एक सय पुगेकोे छ । पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएसंगै मृतकको संख्या १ सय पुगेको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङक अनुसार पछिल्लो २ दिनमा मात्र १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मंगलबार एकैदिन ७ जनाको मृत्यु भएको हो भने आज (बुधबार) थप ८ जनाको ज्यान गएको हो ।
पछिल्लो २४ घण्टामा मृत्यु हुने मध्ये शिवराज नगरपालिकाका मात्रै ३ जना रहेको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो । यस्तै बुद्धभूमि नगरपालिकाका एक जना, कपिलवस्तु नगरपालिकाका थप एक जनाको कोरोना संक्रमणले मृत्यु भएको घिमिरेले बताउनुभयो । यस्तै जिल्लामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टिएको छ भने आजै ७६ संक्रमित कोरोनामुक्त भएका छन् । यससंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया