कोभिड बिरामीका आफन्तले गरे अस्पतालसामु आत्मसमर्पण

रुपन्देही ।
रुपन्देही स्थित युनिभर्सल मेडिकल कलेजमा उपचाररत कोभिड बिरामीका आफन्तले अक्सिजनको अभावले बिरामीको ज्यान तलमाथि भए पनि स्वीकार गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । अक्सिजन सकिएको र आपूर्ति गर्न नसकिएको भन्दै अस्पतालले बिरामीलाई अन्य अस्पतालमा लान आग्रह गरेपछि बिरामीका आफन्तले हारगुहार गर्दा पनि अक्सिजन नपाएको र अन्य अस्पतालमा पनि अवस्था उस्तै रहेको भन्दै अक्सिजनकै कारण बिरामीको ज्यान तलमाथि भए अस्पताल, डाक्टर, नर्स वा अन्य कुनै कर्मचारीलाई दोष दिनेछैन भन्दै सहीछाप गरेका छन् । मेडिकल कलेजमा एक सय ९० बिरामी उपचाररत छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दैनिक चार सय २० सिलिन्डर अक्सिजन दिने कोटा निर्धारण गरेको थियो । तर, बुधबार चार बजेसम्म जम्मा ३० वटा मात्र सिलिन्डर दिएको छ ।
मंगलबार चितवनबाट एक सय ५० र पोखराबाट एक सय सिलिन्डर ल्याएर काम चलाएको मेडिकल कलेजले जनाएको छ । बुधबार पनि चितवन पठाइए पनि अक्सिजन ल्याउन नसकिएको मेडिकल कलेजले जनाएको छ । रुपन्देहीमा तीनवटा अक्सिजन उद्योग छन् । ती उद्योगले दैनिक ११ सय सिलिन्डर उत्पादन गर्छन् । तर, दैनिक माग २१ सय ५० रहेको जिल्ला जनस्वास्थ्य प्रमुख राजेन्द्र गिरीले बताए । रुपन्देहीमा करिब एक दर्जन अस्पताल छन् । तीमध्ये सरकारी दुईवटा र निजी तीनवटा गरी पाँचवटा कोभिड अस्पताल छन् ।

नयाँ पत्रिकामा समचार छ ।

प्रतिक्रिया

खबर सबै