

भारतको गंगा नदीमा राेकिएन लाश बग्ने क्रम


काठमाण्डाै
भारतको गंगा नदीमा लाश बग्ने क्रम राेकिएकाे छैन । हिजो पनि ७१ जनाको लाश भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारकाे बक्सर जिल्लाकाे सिमरी क्षेत्रमा गंगा नदीमा लाशहरु भेटिएका हुन् । याेबाहेक गंगा नदीका विभिन्न घाटहरुमा तैरिरहेकाे अवस्थामा लाशहरु देखिएका स्थानीयले बताएका बीबीसीले जनाएकाे छ ।
भेटिएका लाश पोस्टमार्टम पछि गाडिएको त्यहाँको जिल्ला प्रशासनल कार्यालयले जनाएको छ । प्रशासनले डीएनएको नमूना सुरक्षित राखेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाएको दाबी गरेको छ ।
गंगा नदी किनारमा लाश भेटिन थाले पछि त्यहाँ गस्ती बढाइएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारका जल शक्ति मन्त्री गजेन्द्रसिंह शेखावतले गंगा नदीमा लाश भेटिएको बारे अनुसन्धान गर्ने बताउनु भएको छ । उहाँले गंगा नदीलाई सफा राख्न आफू प्रतिबद्ध भएको पनि बताउनु भएको छ ।
यसअघि अस्ति सोमबार पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन भन्दा धेरै लाश भेटिएका थिए । यी लाशहरु कहाँबाट आए भन्ने यकिन नभए पनि काेराेनाका कारण ज्यान गुमाएकाहरुकाे शव हुन सक्ने अनुमान गरिएकाे बीबीसले जनाएकाे छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया