

ओली सरकारलाई सहयोग गर्नु अहिलेको आवश्यकता : महन्त ठाकुर


काठमाडौं
जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले ओली सरकारलाई सहयोग गर्नु नै अहिलेको आवश्यकता भएको बताएका छन् । सोमबार बाबुराम भट्टराई र उपेन्द्र यादव समूहका १५ जनाले सरकारको पक्षमा विश्वासको मत नदिएपछि मध्यराति विज्ञप्ति जारी गरेर उनले जसपा सत्ता प्राप्तिको लागि भन्दा पनि एजेन्डा सम्बोधनको विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
यस्तो अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुनेजस्ता कार्य जसपा नेपालको उद्देश्यविपरीत रहेको भन्दै उनले उपेन्द्र यादव र बाबुराम भट्टराईहरूको कदम मधेस आन्दोलनको मर्म र भावनाविपरीत बताए ।
यस्ता कार्यले अस्थिरता हुने र एजेन्डाको सम्बोधन अनिश्चिततातर्फ धकेलिने उल्लेख गरेका छन् । उनले जसपा नेपाल मधेसी, आदिवासी,जनजाति, थारू, दलित, महिला, मुस्लिमलगायतका सीमान्तकृत समुदायको मुद्दामा संघर्षरत रहने बताए ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया