

सुकेका पातहरु झर्छन् चिन्ता नगरौं’ : सूर्य थापा


काठमाडौं
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल समूहलाई सुकेका पातसँग तुलना गरेका छन् ।
हिजो भएको विश्वासको मतदानमा उपस्थित नभएर गम्भीर अपराध गरेको भन्दै थापाले माधव नेपाल समूह एमाभित्र सुकेका पात भएको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जालमा विचार व्यक्त गर्दै थापाले पार्टी कुनै पनि हालमा २०७५ जेठ २ मा फर्किन नहुने बताएका छन् । उनले भनेका छन्, ‘पार्टी २०७५ जेठ २ मा फर्किनु हुँदैन, २०७८ जेठ २ तर्फ अघि बढ्नुपर्छ ।’
यस्तै आफ्नै सरकार ढालेर माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको पाउमा लम्पसार पर्न गएको आरोप पनि लगाएका छन् । माधव नेपालले गद्दारी गरेकाले कुनै पनि हालतमा क्ष्यम्य हुन नसक्ने बताएका छन् ।
उनले अघि भनेका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्ष्यम्य हुनसक्दैन ।’
साथै उनले नेता जन्माउने पार्टी र जनताले भएको भन्दै एमालेभित्र सुद्धिकरण र सदृढीकरणको प्रक्रिया अघि बढेको बताएका छन् ।
‘नेता जन्माउने–बनाउने पार्टी र जनताले हो । महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौ । सुकेका पात झर्छन् चिन्ता नगरौं’, उनले भनेका छन् ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया