

फेरि ओली नै प्रधानमन्त्री : शंकर पोखरेल


काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले फेरि केपी ओली नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएपछि ओली प्रधानमन्त्री पदबाट बर्खात भएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन्।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनप्राप्त प्रधानमन्त्रीको नामसहित दाबी प्रस्तुत गर्नका लागि तीन दिनको समय दिएकी छन्।
यसैबीच नेता पोखरेलले संसदले धारा ७६(२) अनुसार बनेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएका कारण धारा ७३(३) अन्तर्गत उही प्रधामन्त्रीलाई खोज्नु पर्ने बाध्यता रहेको बताएका हुन्।
सामाजिक सञ्जामाल नेता पोखरेलले लेखेका छन्,‘संसदले धारा ७६ ९२०को जुन प्रमलाई विश्वासको मत दिएन,समयमै विकल्प दिन नसक्दा धारा ७६९३०अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वाध्यता छ।’


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया