

गण्डकीमा कांग्रेस–माओवादी गठबन्धनलाई सघाउन राष्ट्रिय जनमोर्चाको ह्वीप


काठमाडौं
गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने दावी पत्रमा अनिवार्य रुपमा हस्ताक्षर गर्न राष्ट्रिय जनमोर्चाले ह्वीप जारी गरेको छ ।
सोमबार जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले आफ्ना पार्टीका सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीलाई पत्र लेखी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष प्रस्तुत गर्ने दावीपत्रमा हस्ताक्षर गर्न आग्रह गरेकी हुन् ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने दावीपत्रमा पियारीबाहेक राष्ट्रिय जनमोर्चाका दलका नेता कृष्ण थापा र खिमविक्रम शाहीले हस्ताक्षर गर्न आनाकानी गरिरहेका छन् ।
दलका नेता थापाले पार्टीको बैठक नबसेको भन्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समयभित्रै निर्णय गर्ने बताए ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ सरकारको पक्षमा उभिने बताइसकेका छन् । राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर नगरेसम्म नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन आवश्यक संख्या पुग्दैन । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसद हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुख सीता पौडेल समक्ष जान तम्तयार छन् ।
६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले समर्थन गर्दामात्र यो गठबन्धनको पक्षमा बहुमत सांसद अर्थात ३१ सांसद पुग्नेछ ।
हेर्नुहोस् पत्र



खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया