

संसद् विघटन गरेर चुनाव घोषणा गर्दैमा लोकतन्त्रको हत्या हुँदैन : प्रधानमन्त्री


काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले लोकतन्त्र खतरामा नपर्ने जिकिर गरेका हुन् ।
‘देशको आवश्यकता एकातिर हुन्छ, गणित एकातिर हुन्छ । यसको बीचमा फरक हुन्छ । त्यस्तो अवस्थामा चुनावमा जाँदा लोकतन्त्र खत्तम हुँदैन । बोरिस जोन्सनले अस्ति भर्खर चुनाव गराउनु भयो । संसद विघटन भयो । बेलायतमा कसैले पनि लोकतन्त्र समाप्त भयो, बोरिस जोन्सनले हाम्रो लोकतन्त्रको हत्या गरे भनेर रुँदै कराउँदै हिँडेनन् । चुनावमा गए, फेरि चुनावबाट छानिएर आए ।’
‘ढिलोमा डेढ वर्षमा चुनाव हुनु नै छ । के संसदले त्यसो गर्दा लोकतन्त्रको हत्या हुन्छ ? यसभन्दा अघि पनि थुप्रै पटक भएका छन् ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति कटाक्ष गर्दै लोकतन्त्रविरुद्ध आन्दोलन गर्नेहरुले लोकतन्त्रको तरफदारी गर्दा गरेको देख्दा आफूलाई खुसी लागेको ओलीले बताए । त्यस्तै, संसदमा नेताहरुले संसदले विश्वासको मत दिन दिँदैन भन्दा आफूलाई पनि त्यस्तो लाग्न थालेको उनले जिकिर गरे ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया