

संविधान संशोधन गर्न सकिन्छ : प्रधानमन्त्री



काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन्। प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताए।
संविधान संशोधनका लागि आयोग बनाउन सकिने र मस्यौदा बनाएर गर्न सकिने उनको भनाइ थियो। संविधान असंशोधनीय दस्तावेज होइन भन्ने आफ्नो पुरानै अडान रहेको भन्दै उनले यसमा आफू तयार रहेको बताए।
उनले विखण्डनको राजनीति कसैले वोक्दैमा नहुने बताए।
देशको सार्वभौम सत्ताका विषयमा अब विवाद नभएको ओलीको भनाइ थियो। उनले पृथकतावादमा विश्वास राख्नेहरुलाई पनि सहमति गराइएको उल्लेख गरे।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया