

खनाल–नेपाल समूहले ओलीलाई दिएको समयसीमा सकियो



काठमाण्डाै
नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अन्तिम समय सकिएको छ ।
२०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै खनाल समूहले अहिले ९ बजेसम्मको समय दिएको थियो । अहिलेसम्म अध्यक्ष ओली र ओली समूहबाट कुनै प्रतिक्रिया नआएकोले आफूहरुले राजीनामा दिने तयारी गरेको खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । केहीबेरमा आफूहरु राजीनामा दिनका लागि जाने तयारी भइरहेको श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।
बसेर थप छलफल गर्नका लागि आफूहरु तयार भएको भए पनि पार्टी निकै अघि बढिसकेकोले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने सम्भावना नरहेको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भनाइ छ । उज्यालोसँग कुरा गर्दै उहाँले आफ्नै पार्टी नेतृत्वविरुद्ध गठबन्धन गर्ने अनि फेरि २०७५ को जेठ २ मा फर्केर सबै निर्णय बदर गर्नुपर्छ भन्ने माग जायज नभएको बताउनुभयो ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदै हुनुहुन्छ । खनाल–नेपाल समूहले राजीनामा दिने भएसँगै प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन थप सकस हुने भएको छ ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।


खबर सबै
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद







प्रतिक्रिया