

ओली सरकारलाई विदाई गरी देशलाई अग्रगामी निकास दिउँ : डा. बावुराम भट्टराई



काठमाडौं
पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले अब प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई विदाई गर्न र देशलाई अग्रगामी निकास दिन अघि बढ्नु पर्ने बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल ट्वीटमार्फत उनले जनता सामाजबादी पार्टी जसपालाई देशको वैकल्पिक शक्तिको रुपमा विकास गर्न आग्रह गर्दै यस्तो बताएका हुन् ।
नेता भट्टराईले भनेका छन्, जसपाको पदाधिकारी बैठकले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरेको बताएका छन् ।
सबैले आ–आफ्नो विवेक प्रयोग गरेर प्रतिगमनको केन्द्र बनेको ओली सरकारलाई विदा गर्नुपर्ने बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम तिखो बन्दै गर्दा प्रधानमन्त्री ओली सरकार ढल्ने निश्चित भएको छ ।
यता गण्डकी प्रदेशमा अविस्वासको प्रस्ताव फेस गर्नुको साटो मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अघिल्लो दिन नै राजीनामा दिएका छन् ।
प्रधानमन्त्री ओलीले एमालेकै अर्का नेता माधवकुमार नेपालको सहयोग लिन नसक्नु र नेपाली कांग्रेसले पनि विस्वास दिन नसकेपछि ओली सरकार अव ढल्ने निश्चित भएको हो । पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनले राजनीतिक विचलन ल्याएको आरोप लाग्दै आएको छ ।


खबर सबै
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद







प्रतिक्रिया