
धर्तीतर्फ आउँदैछ चिनियाँ रकेट, यस्तो अवस्थामा निम्तन सक्छ विध्वंश


पछिल्ला दिन चीनको रकेट अन्तरिक्षमा अनियन्त्रित भएर चारैतर्फ चक्कर लगाइरहेको छ । अब यो रकेट धर्तीतर्फ तिव्र गतिमा अघि बढिरहेको छ । विशेषज्ञहरुका अनुसार शनिबार यो रकेट कुनै पनि समय धर्तीमा खस्न सक्छ । यस रकेटलाई लिएर विशेषज्ञहरूले धेरैखाले सम्भावना व्यक्त गरेका छन् ।
विशेषज्ञहरुका अनुसार यो रकेट धर्तीको वातावरणमा प्रवेश गर्दागर्दै जल्न सुरु हुनेछ या प्रवेश गर्नु अगावै जल्न पनि सक्नेछ । यस्तो अवस्थामा जोखिम कम हुनेछ ।
यदि मानिसहरु बसोबास गर्ने इलाकामा यो रकेट खस्यो भने ठूलो दुर्घटना निम्तिने सम्भावना छ । यद्यपी, यो रकेट धर्तीको कुन कुनामा खस्नेछ भन्ने विषय अहिलेसम्म थाहा छैन ।
एक रिपोर्टका अनुसार लङ मार्च ५ बी रकेट झन्डै १ सय फिट लामो छ । अनियन्त्रित भएपछि पछिल्ला दिनमा यस रकेटले धर्तीमा ३० भन्दा धेरैपटक चक्कर लगाइसकेको छ । यसले घण्टामा २८ हजार माइल्सको दूरी तय गरिरहेको छ । यसको वजन झन्डै २१ टनको छ । यदी टुक्रा–टुक्रा भएर मैदानी इलाका वा समूद्रमा रकेट खस्यो भने क्षति हुनबाट बच्नेछ ।
चार माइल्स प्रतिसेकेन्डमा अघि बढ्दैछ
चीनले २९ अप्रिलमा आफ्नो स्पेश स्टेशन हेभन्ली प्यालेसका लागि पहिलो मोड्युल लन्च गरेको थियो । शक्तिशाली लङ मार्च ५ बी रकेटमार्फत अन्तरिक्षमा मानिसको स्थायी उपस्थितिको प्रयोग हुँदैछ ।
यस समय रकेटको उचाईलाई हेर्दा यो धर्तीमा प्रवेश गर्ने अनुमान लगाउन निकै मुस्किल छ । अहिले यो रकेट १ सय ५० देखि २ सय ५० किलोमिटरको उचाइमा छ र निकै तेजसँग धर्तीतर्फ अघि बढिरहेको छ । यसको चार माइल्स प्रतिसेकेन्डको रफ्तार छ, यस गतिले दुई घण्टामै पृथ्वीको चक्कर लगाउन सकिन्छ ।
एक रिपोर्टअनुसार यो रकेट ४१ डिग्रीको भूमध्य रेखाको झुकावमा घुमिरहेको छ । यसको मलवा ४१ डिग्री उत्तर र ४१ डिग्री दक्षिण गिर्ने आशंका गरिएको छ ।
न्युर्योक, म्याडिङ र बेइजिङ जस्ता शहरमा पनि यो रकेट खस्नसक्ने आशंका छ ।
वैज्ञानिकहरुका अनुसार रकेटको सम्भावित ल्यान्डिङ जोन पानी नै हो । यदि, मानिस बसोवास गर्ने इलाकामा यो खस्यो भने विध्वंश मच्चिनेछ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया